×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अबको चुनावपछि प्रधानमन्त्री बन्ने प्रयास गर्छु : गगन थापा

अबको चुनावपछि प्रधानमन्त्री बन्ने प्रयास गर्छु : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने घोषणा गरेका छन्। एक टिभी कार्यक्रममा सांसदसमेत रहेको कांग्रस महामन्त्री थापाले अबको चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने घोषणा गरेका हुन्। उनले प्रधानमन्त्री बन्ने भनेर सोचेर मात्रै नबस्ने र उम्मेदवार नै बन्ने स्पष्ट पारे।

उनले पूर्वप्रधानमन्त्रीहरुप्रति सम्मान रहेको उल्लेख गर्दै अब फेरि यो चुनाव पछाडि कोही पनि व्यक्ति नेपाललाई प्रधानमन्त्री भइदिएर थप गुण लगाइदिनु पर्ने कारण नरहेको बताए।

उनले थप स्पष्ट पार्दै भनेका छन्, प्रधानमन्त्रीका लागि प्रयास गर्ने, उम्मेदवार बन्ने यसपाली त। कहाँ सोचको कुरा गर्या। सकिन्छ सकिँदैन थाहा छैन। मेरो पहिलो कुरा के हो भने नेपालको जति पनि पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ, धेरै सम्मान छ। फेरि यो चुनाव पछाडि कोही पनि व्यक्ति जुनसुकै पार्टीको होस् उहाँहरू कोहीपनि नेपाललाई प्रधानमन्त्री भइदिएर थप गुण लगाइदिनुपर्ने कारण छैन। तर जहाँ हामी संविधान ल्याइदिनुभयो सबैकुरा अब सकियो। तपाईंहरूले बनाइदिनु भएको जमिनमा हामी आयौँ, नयाँ साथीहरू आइराख्नुभएको छ।’

उनले अहिले अनुभव र टेक्ने जमिन पनि रहेकोले अब आँट गर्ने र धक्का दिने बताए। उनले भने, ‘अब हामीलाई मौका दिनुहोस् न एकपटक, हामीहरू बीचमा प्रतिस्पर्धा गर्छौं नि त हाम्रो पुस्ताको साथीहरू प्रतिस्पर्धा गर्छौं, हामीले पनि त केही अनुभव गरेर आइसक्यौं। सक्यौं भने डेलिभरी गर्छौं, नभए हामिलाई हटाएर अर्को आउँछ।’

प्रतिकृया दिनुहोस्