×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रेशम चौधरीलाई कानुन बमोजिम नै कैद माफी दिइएको हो : प्रधानमन्त्री प्रचण्ड

रेशम चौधरीलाई कानुन बमोजिम नै कैद माफी दिइएको हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताउनु भएको छ ।

संसदमा आज भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे प्रश्न गर्नुभएको थियो । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकार विधिको शासनमा प्रतिवद्ध रहेको र अदालतको निणर्यको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताउनुभयो।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार नै रेशम चौधरीले गृह मन्त्रालयमार्फत कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन दिएको उहाँले बताउनुभयो।

प्रचण्डले अघि भन्न्ुभयो, ‘महान्यायाधिवक्ताको कार्यालयको राय समेतका आधारमा प्रचलित कानुन बमोजिम नै नेपाल सरकार, मन्त्रिपरिषद्बाट गणतन्त्र दिवस २०८० को सम्बन्धमा निजलाई माफी गर्न सिफारिस गरिएको प्रष्ट गर्न चाहन्छु ।’

संक्रमणकालीन न्यायसम्पादन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले संसदमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्