×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नामावली छुटेका उम्मेदवारलाई सर्वसम्मत गर्ने भएपछि मतदान सुरू

नामावली छुटेका उम्मेदवारलाई सर्वसम्मत गर्ने भएपछि मतदान सुरू

विराटनगर- नामावलीमा छुटेका ३ जनालाई सर्वसम्मत गर्ने  सहमति पछि नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को मतपत्रमा नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको थियो ।

बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका भए पनि सदस्यको उम्मेदवारी नभेटेपछि मतदान सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरु श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेको हो ।

जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए । नाम छुटेका तीनै जनालाई सर्वसम्मत गर्ने सहमतिपछि निर्वाचन प्रक्रिया सुरू भएको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्