×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् एजेण्डा

कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् एजेण्डा

काठमाडाैँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

 

 

प्रतिकृया दिनुहोस्