डेनिस स्टार क्रिश्टियन एरिक्सनको स्वास्थ्यमा सुधार आएको छ । खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर एरिक्सनको स्वास्थ्यमा सुधार आएको उनले जानकारी दिएका छन् ।
इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफू ठीक रहेको बताए । उनले भने ‘विश्वभरबाट तपाईंहरुको पठाउनुभएको न्यानो र अदितीय सन्देशका लागि धेरैधेरै धन्यवाद दिन चाहान्छु । तपाँहरुको सुभेछाले म र मेरो परिवारका लागि ठूलो अर्थ राख्नेछ । म अहिले ठीक छु । मैले राम्रो महसुस गरिरहेको छु ।’
युरोकप २०२० अन्तर्गत शनिबार राति डेनमार्कको कोपनहेगनमा फिनल्यान्डविरुद्धको खेलको ४३औं मिनेटमा उनी मैदानमानै ढलेका थिए । एरिक्सनलाई झण्डै १५ मिनेट मैदानमै उपचार गरिएको थियो । घटनापछि आयोजक यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल झण्डै डेढ घण्टा स्थगित गरेको थियो ।
तर, दुवै टिमको छलफलपछि खेल सुरु भएको थियो । डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएर ढलेको पुष्टि गरेका छन् । उनी खेलमा फर्कन सक्ने नसक्ने तय भएको छैन् । तर धेरैले अव सक्रिय फुटबल जिवनमा एरिक्नस फर्कन नसक्ने दाबि गरेका छन् ।