काठमाडौं - जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारबाट हट्नु पर्ने बताउनु भएको छ ।
सत्ता साझेदार दलका नेतासमेत रहनुभएका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताउनु भएको हो । उहाँले लेख्नु भएको छ, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।'
एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच विमती भइरहेका बेला डा. भट्टराईको यो अभिव्यक्ति आएको हो । नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पास नगर्ने अडानमा छन् ।
नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्ः१.वैज्ञानिक मानवतावादी विचार;२.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध;३.हिमाल,पहाड,तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा;४.पार्टी र सत्तामा समावेसी/सहभागितामूलक लोकतन्त्र;५.समावेसी/दिगो समृद्धि;६.सुशासन/सदाचार।
— Baburam Bhattarai (@brb1954) February 10, 2022