×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१५ लाख घुससहित कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

१५ लाख घुससहित कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

काभ्रे- १५ लाख घुस रकमहित काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन्।

वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन्। दुबै जनामाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जानकारी दिएको छ।

वादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
 

प्रतिकृया दिनुहोस्