×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फ्रेन्च लिगमा साम्बाको गोलमा ग्वेंगाम्प विजयी 

फ्रेन्च लिगमा साम्बाको गोलमा ग्वेंगाम्प विजयी 

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गरेको खेलमा एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध महत्त्वपूर्ण जित निकालेको छ ।

वाफ च्याम्पियनसिपको फाइनल गुमाएर लिगको खेल खेल्न पुगेकी साम्बाले बेन्चबाट मैदान प्रवेश गर्दै २-० को जितमा गोल गरेकी हुन् । उनको लिगमा यो पहिलो गोल समेत हो ।

साम्बाले खेलको ८६ औं मिनेटमा मैदान प्रवेश गर्दै इन्ज्युरी समयमा गोल गरेकी हुन् । इन्ज्युरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै साम्बाले वन भर्सेस वनमा सुन्दर फिनिस गरिन् ।

त्यसअघि दोस्रो हाफको सुरुवातमा एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् ।

यस जितले ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । १६ खेलमा टोलीको १५ अंक पुगेको छ । रेलिगेसन क्षेत्रबाट अब क्लब ७ अंकले माथि छ ।

प्रतिकृया दिनुहोस्