×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनआरएनएलाई पराजित गर्दै पुलिस फाइनलमा

एनआरएनएलाई पराजित गर्दै पुलिस फाइनलमा

काठमाडाैँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ।

बिहीबार वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा पुलिसले एनआरएनएलाई १३ रनले पराजित गर्दै आर्मीसँगको फाइनल भेट पक्का गरेको हो।  टियु मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर १ सय १० रनको उच्च स्कोर बनाएको थियो।

उसका लागि आरिफ शेखले १५ बलमा ३६ रनको इनिङ खेल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा २५ रन बनाएका थिए। त्यस्तै, करण केसीले ८ बलमा १८ रन बनाउँदै टिमलाई उच्च स्कोरमा पुर्‍याए। उसका लागि थप दोहोरो स्कोरका रुपमा ओपनर कुशल भुर्तेलको १२ रन रह्यो।

एनआरएनएका लागि दिवस गिरीले २ विकेट लिँदा दीपक क्षत्री,  सुनम गौतम र दिनेश खरेलले समान १-१ विकेट लिएका थिए। १ सय ११ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको एनआरएनएले पनि प्रतिस्पर्धात्मक स्कोर बनायो।

तर, उसले पुलिसले दिएको लक्ष्य पूरा गर्न भने सकेन। निर्धारित ८ ओभरमा एनआरएनएले ३ विकेट गुमाएर ९७ रन बनाएको थियो। एनआरएनएका लागि कप्तान सुनम गौतमले २५ बलमा ४६ रनको सानदार इनिङ खेले।

त्यस्तै, सागर पुनले २० बलमा ३७ रन बनाएका थिए। पुलिसका लागि योगेन्द्र सिंह कार्कीले २ विकेट लिए।

प्रतिकृया दिनुहोस्