×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता छान्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता छान्ने

काठमाडौँ- प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता आज चयन गरिँदै छ। त्यसका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ।

पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै महाराजगन्जमा बधाई दिने कार्यक्रम पनि राखिएको छ। बधाई कार्यक्रम बिहान साढे ८ बजे सुरु हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ।

प्रतिकृया दिनुहोस्