×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काँग्रेसले अर्थविद् डा. वाग्लेलाई टिकट नदिएको प्रति भट्टराईको असन्तुष्टि !

काँग्रेसले अर्थविद् डा. वाग्लेलाई टिकट नदिएको प्रति भट्टराईको असन्तुष्टि !

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली काँग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएको प्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली काँग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए ।

भट्टराईले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याए । उनले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताए ।  उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस्