×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ  महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं - काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।


ग्राण्डी अस्पतालमा उपचारको क्रममा   रिजालको निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए ।  राइनो भाइरस, उच्च ज्वरो र निमोनियाका कारण रिजालको निधन भएको हो ।

रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं - ७ का क्षेत्रीय सभापति हुन् ।
 रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्