काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ।
शनिबार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने बताए। उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने समेत बताए। खनालले भने,’तलको हल्लाले केही तुक राख्दैन। तलका कुराको अर्थ छैन।
सबै प्रदेशका सरकार केन्द्रीय गठबन्धनबाटै बनेको हुनाले जे गर्छ केन्द्रबाटै गर्छ। अहिले हस्ताक्षर गरेका आधारमा मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन। केन्द्रबाट जे निर्णय आउँछ त्यही अनुसार हुन्छ। खनालले अहिले बागमतीमा समाजवादीले छाड्दा अर्को कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्ने प्रश्न पनि रहेकाले यसबारेमा कुनै छलफल बैठकमा नभएको बताए।