काठमाडौँ - संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बस्दैछ । बैठकमा विभिन्न कार्यसूची तय गरिएको छ ।
आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले जेठ ५ गते संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले संशोधन गर्ने र छलफलमा भाग लिने कार्यसूची रहेको छ । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यसूची समेत रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा पनि सरकारले जेठ ५ गते प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।