×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आइपीएलमा आज लखनउ चेन्नईबीच खेल हुँदै

आइपीएलमा आज लखनउ चेन्नईबीच खेल हुँदै

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलोरले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो । 

कोलकोताले दिएको १२९ रनको लक्ष्य पछाएको बैंगलोरले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस सिजनको पहिलो खेलमा हार बेहोरेको बैंगलोरको यो पहिलो जित हो भने पहिलो खेल जितेको कोलकोताको पहिलो हार हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोता १८.५ ओभरमा अल आउट हुदै १२८ रन मात्र बनाएको थियो । आज आइपिएल अन्तर्गत लखनउ सुपरजाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा शुरु हुने छ ।

प्रतिकृया दिनुहोस्