काठमाडौं - वेस्ट इन्डिजले नेपालसँग दुई सातापछि खेल्ने तीन टि-२० अन्तर्राष्ट्रिय सिरिजका लागि आफ्नो टोली घोषणा गरेको छ।
दोस्रो रोजाईका खेलाडीलाई अवसर दिइएको यस टोलीमा अनुभवी स्पिनर अकिल हुसेनले कप्तानी गर्नेछन्। अकिलका साथै ओपनर कायल मेयर्स, अनुभवी अलराउण्डर जेसन होल्डर र ओबेद म्याककोय पनि टोलीमा समेटिएका छन्।
नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा शारजाहमा तीन खेलको टी-२० सिरिज खेल्नेछ। यो नेपालले टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्न लागेको सिरिज हो।
वेस्ट इन्डिजको टोली: