काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमति तोड्दा गठबन्धन टुटेको बताएका छन् ।
आइतबार विहानसम्म प्रचण्ड, काँग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए । राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको छ । माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
प्रचण्डले देउवा एक साताअघि भएको सहमतिमा टिक्न नसकेको बताए । देउवा सहमतिमा नटिकेपछि नयाँ परिस्थिति बनेको उनले बताए । प्रचण्डले भने, ‘गठबन्धन तोड्ने हाम्रो उद्देश्य थिएन । तर काँग्रेस इमान्दार भएको देखिएन ।’ अब एमालेसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।