×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आत्मआलोचित हुँदै पुनः माओवादीमै फर्किए स्वतन्त्र सांसद पुन

आत्मआलोचित हुँदै पुनः माओवादीमै फर्किए स्वतन्त्र सांसद पुन

काठमाडौँ- रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका उनी भारी मतले विजयी भएका थिए।

हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दीपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बुझाएका छन्।

उनले माओवादी केन्द्रका नेता रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सांसद वर्षमान पुन सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डबाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका छन्।

प्रतिकृया दिनुहोस्