काठमाडौँ- बिहीबार (आज) सिंहदरबारस्थित प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिवहरूसँग प्रधान मन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन् । छलफलका क्रममा प्रधान मन्त्री देउवाले सरकारको गति कसरी बढाउन सकिन्छ भनेर सचिवहरूसँग सोधेको थिए ।
सचिवहरूले आ-आफ्ना भनाइ र विचार राखिसकेपछि देउवाले बुँदागत रूपमा ‘सरकारको गति यसरी बढाउन सकिन्छ’ निर्देशन दिएका थिए । सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनबारे सबै मन्त्री, सचिवहरूसहित उच्च पदस्थ कर्मचारीहरूलाई प्रधान मन्त्री देउवाले निर्देशन दिएका हुन् ।
प्रधान मन्त्री देउवाले देशमा लगानी आवश्यक रहेकाे र त्यसका लागि सम्बन्धित व्यक्तिहरू जुट्नुपर्नेदेखि कर्मचारीको क्षमता वृद्धि गर्नुपर्नेसम्मका निर्देशन दिएका छन् ।