×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावको लागि अढाइ लाख कर्मचारी माग

चुनावको लागि अढाइ लाख कर्मचारी माग

काठमाडौँ- निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारसँग अढाइ लाख कर्मचारी मागेको छ। निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले आयोगले यस पटक निर्वाचन प्रयोजनका लागि सरकारसँग २ लाख ४६ हजार कर्मचारी मागेको बताए।

यो संख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा करिब ५० हजार बढी हो। स्थानीय तहको निर्वाचनमा करिब २ लाख कर्मचारीलाई खटाइएको थिए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेलले निर्वाचन आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाउने काम भइरहेको बताए। आयोगले आवश्यक ठाने सङ्घ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ।

यो सङ्ख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ। निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिने भएको छ। दवाडीका अनुसार यस पटक देशभर मतदान स्थल र मतदान केन्द्र थपिनेछन्। त्यस कारण कर्मचारी तथा सुरक्षाकर्मीको संख्या पनि बढ्ने भएको हो। गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ देखि ९ कर्मचारी खटाइएका थिए। तर यस पटक एउटा मतदान केन्द्रमा ११ देखि १३ जनासम्म कर्मचारी रहने भएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि यस पटक करिब ५ लाख मतदाता थपिने आयोगको अनुमान छ। यद्यपि मतदाता नामावलीको अन्तिम सूची भदौ ३१ गते प्रकाशित हुनेछ। स्थानीय तहको निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए ।

प्रतिकृया दिनुहोस्