असोज १३ गते दशैँको फूलपातीबाट रिलिज तयारीमा रहेको चलचित्र ‘माइतिघर’ को ट्रेलर सार्वजनिक भएको छ । रोहित अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्रको ट्रेलरमा प्रमुख कलाकारलाई स्थान दिईएको छ। केदार घिमिरे ‘माग्ने बुढा’ लाई प्रमुख स्थान दिईएको ट्रेलर रमाइलो , पारिवारिक र केहि भावुक देखिएको छ।
त्रीकोणात्मक प्रेम कहानिलाई दर्शाउँदै तयार पारीएको यस ट्रेलरमा गाउँले जीवन र त्यहाँको रिति-थितिलाई उजागर गर्ने प्रयास गरेको पाइन्छ। लाहुरे बनेर आएका धिरज मगरले निर्वाह गरेको पात्रले प्रकश सपुतसँग मायाजालमा परेकि उपसना सिँ ठुकुरीलाई स्वर्गजस्तो माइतीघरबार आफ्नो घर भित्र्याउने जमर्को गर्छन्। जसमा उनलाई बाहुन बनेका केदारप्रसाद घिमिरेले सहयोग गरेको जस्तो देन सकिन्छ। के धिरजको बिहे उपासना सँगै होलाता या प्रकाशले यसमा बाजी मार्लान् ? यहि नै प्रश्नमा ट्रेलरले दर्शकको मनोभावसँग खेल्ने प्रयास गरेको छ।
प्रकाश सपुत र उपासना सिंह ठकुरीको प्रेममा धिरज मगरको प्रवेश र त्यसपछि भएको उतारचढावको कथा ट्रेलरमा देखिएको छ। तामाङ्ग समुदाय र यसको संस्कृतिको झल्को पनि ट्रेलरमा देख्न सकिन्छ।
https://youtu.be/r0O4yAFoVVU?si=0wVXatEGEEtLCT7H