×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

 

काठमाडौं - साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । बंगलादेशसँग १-१ को बराबरी गरेसँगै नेपाल फाइन प्रवेश गरेको हो ।

जित्नैपर्ने खेलमा नेपाल नवौँ मिनेटमै एक शुन्यले पछि परेको थियो । तर, नेपालका लागि खेलको ८८ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे 

त्यसअघि ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्डको सामना गरेपछि बंगलादेश १० खेलाडीमा सिमित बनेको थियो । जिकोले पेनाल्टी क्षेत्रबाहिर आएर बल रोक्ने प्रयास गरेपछ बंगलादेश दश खेलाडीमा सिमित बनेको थियो । 

बंगलादेशका लागि खेलको ९औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस्