चितवन- धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा न. १ निवासी ६१ वर्षका अत्यन्त गरीब पुरान बहादुर दमाईको ब्लड क्यान्सर रोगले जीवन र मृत्यु संग संघर्ष गरिरहेका छन्। उनको उपचारका लागि लाखौँ रकम आवश्यक पर्ने हुदाँ जीवन रक्षाको अपिल गरिएको छ ।
बृद्ध उनको पारिवारमा आम्दानीको कुनै स्रोत नभएको र उनको उपचार खर्चको लागि लाखौँ रकम लाग्ने डाक्टरले बताएको हुदा यति ठुलो रकम जुटाउन उनको परिवारलाई सम्पूर्ण जायजेथा बेचबिखन गरेपनि असम्भब भएको हुदा आफुसक्दो आर्थिक सहयोग गरि मानव सेवामा समर्पित भैदिनुहुन सम्पूर्ण व्यक्ति तथा सघं सस्थाहरुलाई उनका परिवारले सम्पूर्ण देशविदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन ।
यस्तै धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा न. १ ले पनि पुरानको जीवनरक्षा कोष खडा गरि आफ्ना सम्पूर्ण प्रतिनिधिहरुलाई आ– आफ्नो ठाउँबाट सक्दो सहयोगमा लागि पर्न समेत अनुरोध गरेको छ ।
साथै जीवनको अन्तिम क्षणमा रहेका पुरानलाई बचाउन आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ–आफ्नो क्षमता अनुसार सक्दो सहयोग (मुक्तिनाथ विकास बैंक खाता नं. ०२९२०१०००८८३०५०००००१) मा गरिदिन विनम्र अनुरोध गरेको छ।
यसैक्रममा पुरान दमाईको जीवन रक्षाको लागि सहयोग गरिदिन सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरुलाई तल उल्लेखित गरेका व्यक्ती– ठेगानामा संपर्क गर्न अनुरोध गरिएको छ। धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा न. १ मोवाइल ९८०६५५१६३६, ९८४०१८३९५४, ९८४३२६१२९९, ९८६३४४६६६६ र ९८४९७७८०९३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।