काठमाडौँ- २८ औँ महानगर दिवस २०७९ को अवसरमा काठमाडौँ महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
‘२८ औँ महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोल पनि सहभागी भएका छन् ।
सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रङ्गशालामा आयोजना गरिएको सो प्रतियोगितामा महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुबीच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बालेन शाह पनि भिडेका थिए ।