×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्द्रेणी कम्प्लेक्सको आगलागी नियन्त्रणमा, दुई करोडको क्षति

इन्द्रेणी कम्प्लेक्सको आगलागी नियन्त्रणमा, दुई करोडको क्षति

काठमाडौं  -  नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ ।
सोमवार दिउँसो तिनबजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो ।
आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृध गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए ।
दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करीब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए। प्रारम्भिक अनुसन्धानमा इन्भर्टरमा आगलागी भएर आगलागी फैलिएको देखिएको उनले जानकारी दिए ।
काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए ।

प्रतिकृया दिनुहोस्