काठमाडौं - सांसद पद खारेज भएपछी मन्त्री पद पनि गुमाएका पूर्व माओवादी पृष्ठभूमिका चार नेताले मन्त्री पदमा पुनर्नियुक्ति भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार चारै जनालाई मन्त्री नियुक्त गरेकी हुन् ।
उनीहरूले पुरानै मन्त्रालयको जिम्मेवारी पाएका छन् । शपथ आजै साँझ हुने बालुवाटार स्रोतले जनाएको छ ।
टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, प्रभु साहलाई सहरी विकास र गौरीशंकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।