काठमाडौं- नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पताल भर्ना भएका छन्। एएफसी एसियन कप छनोट प्रतियोगितामा आज नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै थियो।
कुवेतविरुद्धको खेलमा दोस्रो हाफमा अल्मुताइरी टच लाइनमै ढलेका थिए। मैदानमै ढलेपछि अल्मुताइरीलाई प्राथमिक उपचारपछि अस्पताल लगिएको हो। उनलाई मैदानमै अक्सिजन दिइएको थियो।