झापा- नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका-१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।