×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव

नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव

काठमाडौँ- नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू भागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी भू भागमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार दिउँसो भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  सामान्यदेखि पूर्ण बदली हुनेछ । बाँकी भू भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ।

साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राती भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्