काठमाडौं- नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । जसमा विमलेन्द्र निधिदेखि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको समेत नाम समाविष्ट छ ।
उक्त बन्दसूची सार्वजनिक भएसँगै यता शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो ।
शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक विवादित व्यक्ति खुमाप्रसाद अर्याल भने बन्द सूचीमा अटेका छन् ।