×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा

समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा

काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ । एमालेले ४५ हजार ८ सय २९ मत कटाएको छ। अर्थात् एमाले २९.९ मतका साथ अघिल्लो स्थानमा छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसको मत ४० हजार ४ सय ४० छ । जुन २६.३ प्रतिशत हुन आउँछ ।

समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ । स्वतन्त्र पार्टीले १८ हजार ७ सय ४९ मत प्राप्त गरेको छ । जुन १२.२ प्रतिशत हुन आउँछ ।

स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ । अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । माओवादी केन्द्रले १७ हजार ६ सय ४५ मत प्राप्त गरेको छ । माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ ।

राप्रपाले ९ हजार ८६, जसपा नेपालले ३ हजार ३ सय २२, जनमत पार्टीले ३ हजार १ सय १, नेमकिपाले २ हजार ९ सय १६, एकीकृत समाजवादीको २ हजार ९०, लोसपा नेपालको १ हजार ८ सय १९ र अन्य दल सबैले प्राप्त गरेको मत ८ हजार ४ सय ८१ छ।

हालको राजनीतिक दल सम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। अहिलेको मतगणनाको रूझान हेर्दा माओवादीपछि राप्रपाले मात्र ३ प्रतिशत मत कटाएको छ। राप्रपाको ५.९ प्रतिशत मत छ।

प्रतिनिधि सभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ। सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउने छन्।

प्रतिकृया दिनुहोस्