काठमाडौं उपत्यकाको तीन जिल्लका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसोको समय चल्न नदिने निर्णय गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भने, ‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’
प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको हो । मंगलबार चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।