काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो ।
विराटनगरका लागि सिकन्दर राजाले ६७ र अनिल साहले ३२ रन बनाए । सौरभ खनाल ३० रनमा नटआउट रहे । चितवनका सोमपाल कामी, कमल सिंह एरी, करिम जन्नत र सागर ढकालले दुई दुई विकेट लिए । साहब आलमको नाममा १ विकेट रह्यो ।