×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीले गठबन्धनलाई सोधे : फुटेको हाँडीजस्तो चारतिर फर्केका मुख लिएर सरकार बनाउने ?

ओलीले गठबन्धनलाई सोधे : फुटेको हाँडीजस्तो चारतिर फर्केका मुख लिएर सरकार बनाउने ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठबन्धन दललाई कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गरेका छन् । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताए ।

उनले भने, ‘उनीहरु एउटा गठबन्धनमा छन् । तर, सबैको आआफ्नो घोषणापत्र छ । चुनावपछि के गछौँ भन्दा एउटाले एउटा कुरा भन्दा अर्कोले अर्को। गठबन्धन चाहिँ कायम राख्ने भन्छ तर, एउटा पूर्व जाने भन्छ अर्को पश्चिम । एउटा कार्यक्रम छैन ।’

उनले आगामी चुनावपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुुखहरु लिएर अब सरकार नबनाउने बताए। एमाले एक्लैले बहुमत ल्याएर सरकार बनाउने जिकिर गरे ।

प्रतिकृया दिनुहोस्