×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आमनिर्वाचन–२०७९ : मंसिर ४ र ५ गते सार्वजनिक विदा

आमनिर्वाचन–२०७९ : मंसिर ४ र ५ गते सार्वजनिक विदा

काठमाडौं- आसन्न ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिएको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि नै ५ गतेसम्म बन्द हुने छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् ।

गृह मन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्