काठमाडौँ- नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेपछि एमालेले प्रदेश अधिवेशन सारेको हो ।
माघ ८ मा तोकिएको प्रदेश अधिवेशन माघको अन्तिम सातासम्म सारेको एमालेले जनाएको छ । प्रदेशको अधिवेशन अब माघ २८ र २९ गते गर्ने बताइएको छ ।
यस्तै अधिवेशन हुन बाँकी रहेका जिल्लामा माघ २२ गते अधिवेशन गर्न निर्देश दिइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ ।