×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

एजेन्सी: लन्डनको ‘आई टिभी टु’ च्यानलबाट प्रसारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता लिम्बूको सहभागिता रहेको छ । सामाजिक सञ्जालमा उनको प्रतिभा देखेर आयोजक टिमले नै उनलाई रियालिटी शोमा भाग लिन आग्रह गरेको थियो ।

आयोजकको आग्रहअनुसार उनले अडिसनमा सहभागी हुँदै कार्यक्रममा भाग लिएकी थिइन् । ताप्लेजुङमा जन्मिएर इटहरीमा हुर्किएकी उनी सानैदेखि नृत्यमा माहिर थिइन् ।

नेपालमा विभिन्न साङ्गीतिकका कार्यक्रम र मोडलिङ शोमा भाग लिँदै गर्दा अध्ययनको सिलसिलामा युके पुगेकी उनले बर्हिगमनको एक फेशन शोबाट मोडलिङ यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘अक्सफोर्ड फेशन विक’ र ‘लन्डन फेशन शो’ मा पनि भाग लिइसकेकी छिन् ।

प्रतिकृया दिनुहोस्