लामो समयदेखि कोरोनाको महामारी शुरु भएसँगै सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सिनेमा हलहरु असोजको दोस्रो सातादेखि सुचारु हुने भएका छन् । नेपालीहरुको महानचार्डपर्वलाई लक्षित पार्दै नेपाली निर्माताहरुले सिनेमा प्रदर्शन गर्ने तयारी भएको छ।
नेपाल चलचित्र महासंघका अुनसार असोजको दोस्रो सातादेखि देशभरिका १९१ ओटा सिनेमाहलहरु पुन सञ्चालन गर्ने गरी तयारीमा छन् । संघले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोलिने तयारी भएको जानकारी दिएका छन्।