×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी–२० त्रिकोणात्मक श्रृंखलामा नेपाल र हङकङ भिड्दै

टी–२० त्रिकोणात्मक श्रृंखलामा नेपाल र  हङकङ भिड्दै

काठमाडौं - हङकङमा त्रिदेशीय टी-२० आई क्रिकेट सिरिज आज(आइतबार)बाट सुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली हङकङको सामना गर्दै छ ।

नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार बिहान ११:१५ बाट सुरु हुनेछ ।

त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । हङकङ भ्रमणका क्रममा नेपालले केही मुख्य खेलाडीलाई आराम दिएको छ । त्यसकारण केही नयाँ खेलाडीले मौका पाउने सम्भावना छ । विश्वकप अघि नेपाल हङकङ भ्रमणका क्रममा आफ्नो बेन्च परिक्षण गर्न चाहन्छ ।

नेपाल र हङकङबीच हालसम्म ८ टी-ट्वान्टी आई भएकोमा ४ खेलमा नेपाल विजयी हुँदा ४ मा भने पराजित भएको छ । शनिबार मात्र भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यो बदला लिदै नेपाल सिरिजको सुखद सुरुआत गर्न चाहन्छ ।

त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, विनोद भन्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, अभिनास बोहोरा, लोकेश बम, आकाश चन्द ।

प्रतिकृया दिनुहोस्