×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यू-२० महिला एसियन कप छनोट: नेपालले आज चाईनिज ताइपेइसँग खेल्दै

यू-२० महिला एसियन कप छनोट: नेपालले आज चाईनिज ताइपेइसँग खेल्दै

काठमाडौं - एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । चाईनिज ताइपेइले अघिल्लो दुई खेलमध्ये एउटामा हार र अर्को बराबरी खेलेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा छ । चाईनिज ताइपेइ एक अंकका साथ तेस्रो स्थानमा छ । चीन ६ अंकका साथ शीर्ष र म्यान्मार ४ अंक जोडेर दोस्रो स्थानमा  छ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

प्रतिकृया दिनुहोस्