×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘महापुरुष’लाई शुभकामना दिँदै ओलीले भने- श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्

‘महापुरुष’लाई शुभकामना दिँदै ओलीले भने- श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘महापुरुष’ चलचित्र हेर्ने इच्छा भएको बताएका छन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनय रहको चलचित्र ‘महापुरुष’कार्तिक ११ देखि देशभर प्रदर्शनमा आउँदै छ ।

सोही चलचित्रको सफलताको शुभकामना दिँदै ओलीले कलाकार मदनकृष्ण श्रेष्ठको प्रशंसा गर्दै भनेका छन्,  ‘वाह कस्तो इच्छाशक्ति !  सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनीत चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु।’ ओलीले सामाजिक सञ्जालमा भनेका छन् । 

प्रतिकृया दिनुहोस्