×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सङ्घीयताविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि दबाब

सङ्घीयताविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि दबाब

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा नेताहरुले संघीयताविरुद्ध बोल्ने मन्त्रीहरूलाई बर्खास्त गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका हुन् ।

मन्त्रीहरू अहिलेको व्यवस्था बचाउनतर्फ लाग्नुपर्नेमा उल्टै व्यवस्थाविरुद्ध उभिनु गम्भीर रहेको भन्दै बैठकमा नेताहरुले आवाज उठाएको नेता मातृका यादवले जानकारी दिए । उनका अनुसार बैठकमा आधा दर्जन हाराहारीका नेताहरुले केही मन्त्रीहरूको अभिव्यक्ति आपत्तिजनक रहेकाले तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए । 

राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एवम् ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र कानुनमन्त्री ध्रुवबहादुर प्रधानले संघीयताविरुद्ध अभिव्यक्ति दिएको सार्वजनिक भइसकेको छ ।

उनीहरूमाथि स्पष्टीकरण सोध्ने प्रधानमन्त्री प्रचण्डले बताए पनि कार्यान्वयन भने गरेका छैनन् । मङ्गलवारको राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारमा बसेर सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताका विषयमा विरोध गर्ने छुट कसैमा नभएको बताएका थिए । सरकारमै सहभागी मन्त्रीले एकपछि अर्को गरी व्यवस्थाविरुद्ध लाग्दा प्रधानमन्त्री चुप बस्न नहुने भन्दै माओवादीको बैठकमा नेताहरुले कारबाही गर्न दबाब दिएका हुन् ।

प्रतिकृया दिनुहोस्