×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पहिलो पटक मराठी फिल्ममा अभिनय गर्दै अक्षय कुमार यस्तो छ भूमिका

पहिलो पटक मराठी फिल्ममा अभिनय गर्दै अक्षय कुमार  यस्तो छ भूमिका

काठमाडौं –बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । हालसम्म विभिन्न भाषाका फिल्ममा काम गरिसकेका अक्षय अब मराठी फिल्ममा पनि काम गर्ने भएका छन् ।

भारतिय मिडियाका अनुसार उनले फिल्म ‘वेदात मराठे वीर दौडले सात’ बाट मराठी फिल्ममा डेब्यु गर्न लागेका हुन् । यस फिल्मलाई महेश मांजरेकरले निर्देशन गर्दैछन् । फिल्ममा उनी छत्रपति शिवाजी महाराजको ऐतिहासिक भूमिकामा देदिने भएका छन् । निर्देशक महेशले फिल्मलाई आफ्नो ड्रीम प्रोजेक्ट भएको बताएका छन् ।

मराठी फिल्ममा काम गर्न पाउँदा अक्षयले खुशी व्यक्त गरेका छन् । अक्षय भन्छन्, ‘मे रो लागि यो सपना साकार भएको जस्तै हो। छत्रपति शिवाजी महाराजको चरित्रलाई ठूलो पर्दामा निभाउनु आफैँमा ठूलो जिम्मेवारी हो भन्ने मलाई लाग्छ । यो फिल्म २०२३ मा दीपावलीमा प्रदर्शनमा आउँनेछ ।

प्रतिकृया दिनुहोस्