×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजारमा ८.२८ अंककाे गिरावट मा

सेयर बजारमा ८.२८ अंककाे गिरावट मा

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेर १८६६.७९ को बिन्दुमा आएर रोकिएको छ । 
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अंकले घटेर ३५३ विन्दुमा पुगेको छ। यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ विन्दुमा अडिएकाे थियो । सोही दिन ८१ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार कूल २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको छ। यसैगरी, नेप्से सूचकमा ४८ कम्पनीमा वृद्धि भएको छ । १६५ कम्पनीमा ओरालो लागेको र ५ कम्पनी स्थिर रहेको छ ।


त्यस्तै, कारोबारको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ४ करोड ९२ लाखको कारोबार गरेको छ । नेपाल रिइन्सयोरेन्स कम्पनी दोस्राे स्थानमा छ । उक्त कम्पनीले २ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

बिहीबार १३ उपसूचकमध्ये ३ कम्पनीबाहेक सबै कम्पनी ओरालो लागेको छ । बैंकिङ सबइन्डेक्स, निर्जीवन बिमा र निर्माण ट्रेडिङ सूचक कम्पनीमा सामान्य वृद्धि भएको छ । 

ओरालो लागेका कम्पनीमध्ये सबैभन्दा धेरै विकास बैंक, फाइनान्स र हाइड्रोपावर सूचकको १ प्रतिशतले ओरालो लागेको हो । 

आजको कालिन्चोक दर्शन र सिटिजन म्युचुअल फण्डको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीले सर्वाधिक कमाएका छन्। 

प्रतिकृया दिनुहोस्