×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कप: भारतबिरुद्ध नेपालको प्रतिस्पर्धात्मक हार

एसिया कप: भारतबिरुद्ध नेपालको प्रतिस्पर्धात्मक हार

काठमाडौँ - एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ रन र शोब्मन गिलले ६२ बलमा ६७ रन बनाए । नेपालका बलरहरुले कुनै पनि विकेट हात पार्न सकेनन् ।


यसअघि श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनाएको थियो ।

नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।


कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३३ विकेट लिए । जितसँगै भारत सुपर फोरमा प्रवेश गरेको छ । भने नेपाल प्रतियोगितबाट बाहिरीएको छ ।

प्रतिकृया दिनुहोस्