×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएल: लखनउलाई हराउँदै बेङ्गलुरु पहिलो क्वालिफायरमा, पञ्जाबसँग खेल्ने

आईपीएल: लखनउलाई हराउँदै बेङ्गलुरु पहिलो क्वालिफायरमा, पञ्जाबसँग खेल्ने

काठमाडौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।
लखनउको घरेलु मैदानमा भएको खेलमा बेङ्गलुरुले लखनउलाई ६ विकेटले हरायो। लखनउले प्रस्तुत गरेको २२८ रनको विशाल लक्ष्य बेङ्गलुरुले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर सफलतापूर्वक भेट्टायो।


बेङ्गलुरुको जितमा कप्तान जितेश शर्माले अविजित ८५ रनको महत्वपूर्ण पारी खेले भने विराट कोहलीले ५४ रन जोडे। लखनउका लागि विल ओरुकले २ विकेट तथा आभेष खान र आकाश सिंहले एक-एक विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो। लखनउका कप्तान ऋषभ पन्तले अविजित ११८ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्।


बेङ्गलुरुका बलर रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान एक-एक विकेट लिए। लखनउ भने यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको थियो।


यो जितसँगै बेङ्गलुरु लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाउन सफल भयो। अब फाइनल प्रवेशका लागि बेङ्गलुरुले पञ्जाब किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ।


बेङ्गलुरुको जितले गुजरात टाइटन्सले भने इलिमिनेटर खेल्नुपर्ने भएको छ। इलिमिनेटरमा गुजरातले मुम्बई इन्डियन्सको सामना गर्नेछ।

प्रतिकृया दिनुहोस्