काठमाडौँ- आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
दिवस मनाउन थालिएको १५ वर्ष पूरा भइसक्दा पनि लोकतन्त्रमाथिको खतरा कायमै रहेको धेरै क्षेत्रको गुनासो छ । यहिबीच नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पनि लोकतन्त्र सधैँ खतरामा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
दिवसका दिन सामाजिक सञ्जालमा उनले लोकतन्त्र अझै खतरामा रहेको उल्लेख गरे । ‘लोकतन्त्र अझै खतरामा ! सधैँ खतरामा कहिलेसम्म ?,’ उनले भने, ‘सत्ता स्वार्थसँग जोडिएको लुटतन्त्र !!! के जनताले देखेको सपना यही हो ?
उनले लोकतान्त्रिक संस्कार, व्यवहार र आचरण कसले पालन गर्ने भन्दै प्रश्न गरेका छन् । ‘पवित्र लोकतन्त्रमा अपवित्र स्वार्थ १ लोकतन्त्र संस्कार, व्यवहार र आचरण हो !!! खोज्ने कहाँ ? पालन गर्ने कसले ? शुभकामना कसले दिने ? शुभकामना लिने कसले ?’ उनले लेखेका छन् ।