×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वनाम शिक्षालयका होस्टल वार्डेन बस्नेत पुर्पक्षका लागि थुनामा

सर्वनाम शिक्षालयका होस्टल वार्डेन बस्नेत पुर्पक्षका लागि थुनामा

काठमाडौं- काठमाडौं जिल्ला अदालतले बाल यौन आरोपित गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलस्थित सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरुले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको बयानमा बताएका थिए ।

बालयौन हिंसामा संलग्नलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ ९३० अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ । सर्वनाम शिक्षालयको होस्टलमा बस्ने एक किशोरीले आफूहरुमाथि भएको यौन दुव्र्यवहारबारे अभिभावकलाई जानकारी गराएका थिए । गत जेठ २० गते अभिभावकले घटनाबारे शिक्षालयका प्रिन्सीपल दुर्गानाथ शिवाकोटीलाई जानकारी गराएका थिए ।

तर उनले बस्नेतमाथि कारबाही अगाडि बढाउन अस्वीकार गरेको भन्दै अभिभावकले होस्टलमा नाराबाजी गरेपछि घटना सार्वजनिक भएको थियो । उनीहरुले त्यसै दिन प्रहरी वृत्त वौद्धमा जाहेरी दिएका थिए । त्यसै आधारमा प्रहरीले जेठ २१ गते होस्टल वार्डेन बस्नेतलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

 

प्रतिकृया दिनुहोस्