काठमाडौं - सरकारले बकर इदको अवसरमा आज(बुधबार) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले हिजो एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।