×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले माग्याे अर्थमन्त्रीकाे राजीनामा

एमालेले माग्याे अर्थमन्त्रीकाे राजीनामा

काठमाडाैँ- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर हेरफेरका विषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।

गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा प्रस्ट नपार्नु आपत्तिजनक कुरा भएको उनले बताए । उनले करको विषय ज्यादै गोपनीय र राष्ट्रिय सुरक्षा जस्तै विषय भएकाले यस विषयमा छानविन हुनुपर्ने माग गरे । पाण्डेले करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार नभएको र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहेको धारणा राखे ।

उनले भने, ‘खासगरी करका दरहरू बारेमा छलफल चलिरहेकाे बेलामा मन्त्रीलाई बाहेक अरू कसैलाई टेलिफाेन राख्ने र टेलिफाेन गर्ने अधिकार हुँदैन र सचिवदेखि सबैकाे टेलिफाेन दराजमा राखेर छलफलमा बस्ने गरिन्छ । याे प्रचलन रहँदै आएकाे छ ।’

अर्थमन्त्रीको जवाफ माग गर्दै एमाले सांसदहरू उठेर विराध गरेपछि सभामुख अग्नी सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।

त्यस्तै, उनले याे विषय गम्भीर रहेकाे भन्दै प्रधानमन्त्रीकाे समेत ध्यानाकर्षण गराए । उनले भने, ‘प्रधानमन्त्रीले यसकाे जवाफदेही लिनुपर्छ कि पर्दैन ? याे केवल अर्थमन्त्रीकाे मात्रै विषय हाे कि हाेइन यसकाे जानकारी संसदलई चाहिन्छ कि चाहिँदैन, नेकपा एमालेका तर्फबाट याे कुरा हामीले गम्भीरतका साथ उठाएका छाैँ ।’

अर्थमन्त्री शर्मालाई बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर व्यक्तिगत स्वार्थमा करको दर हेरफेर गरेको आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस्